+
+
Shares

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समिति सदस्यको कार्यकाल तीन वर्ष कायम गर्न समितिमा सहमति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल पाँच वर्षबाट तीन वर्षमा सीमित गर्न सहमति गरेको छ।
  • डेपुटी गभर्नर र सञ्चालकको प्रारम्भिक पदावधि तीन वर्ष राखी कार्यसम्पादन सन्तोषजनक भए सरकारले थप दुई वर्ष बढाउन सक्ने व्यवस्था गर्ने निर्णय भएको छ।
  • नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको दफावार छलफल शुक्रबार पनि जारी रहने छ।

४ भदौ, काठमाडौं । संसदीय समितिमा नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने सहमति भएको हो ।

बैठकमा गभर्नर र सञ्चालकको पाँच वर्षको कार्यकाललाई तीन वर्षमा सीमित गर्न सहमति भएको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए ।

सरकारको आर्थिक नीति तथा योजनाहरूसँग मौद्रिक क्षेत्रबीच सामञ्जस्यता कायम रहोस् भन्ने उद्देश्यले कार्यसम्पादनका आधारमा पदावधि थप गर्न सकिने व्यवस्थामाथि छलफल भएको उनले बताए ।

डेपुटी गभर्नर र सञ्चालकको प्रारम्भिक पदावधि ३ वर्षको हुने र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सन्तोषजनक देखिएमा नेपाल सरकारले पुन: २ वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था विधेयकको दफा १८ को उपदफा १ र २ मा कायम गर्ने निर्णय गरिएको सभापति बुढाथोलीले बताए ।

समितिमा शुक्रबार पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?