+
+
Shares

१५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले मंगलबार १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पुनः जारी गर्ने भएको छ।
  • ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ज’ नाम दिइएको उक्त ऋणपत्रको अवधि एक वर्ष तोकिएको छ।
  • बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम पाँच करोड रुपैयाँदेखि बोलकबोलमार्फत ऋणपत्र खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

३० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार पनि १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । अघिल्लो दिन पनि सोही रकम बराबरको ऋणपत्र जारी गरेको थियो।

१ वर्ष अवधि रहेको उक्त ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् । न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ऋणपत्र प्रदान हुनेछ ।

२०८४ असार ३० गते साँवा भुक्तानी हुने ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याजदर प्रदान हुने राष्ट्र बैंकले जनाएको छ । यस ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ज’ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने कुल रकमसम्मकै लागि बोल गर्न सक्नेछन् । चालु आर्थिक वर्षको अन्तिमतिर राष्ट्र बैंकले धमाधम ऋणपत्र जारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?