News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।
- एक वर्ष अवधि रहेको उक्त ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्थाहरूले बोलकबोल गर्न सक्नेछन् ।
- राष्ट्र बैंकले न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ऋणपत्र प्रदान गर्ने जनाएको छ ।
२९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । १ वर्ष अवधि रहेको उक्त ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् ।
न्यूनतम ब्याजदर कबोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ऋणपत्र प्रदान हुनेछ । यसभन्दा अघि गत बुधबारको ऋणपत्रको ब्याजदर २.७२ प्रतिशत कायम भएको थियो । २०८४ असार २९ गते साँवा भुक्तानी हुने ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याजदर प्रदान हुने राष्ट्र बैंकले जनाएको छ ।
यस ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ रहेको छ । बैंक तथा वित्तीय संस्थाले न्यूतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने कुल रकमसम्मकै लागि बोल गर्न सक्नेछन् । चालु आर्थिक वर्षको अन्तिमतिर राष्ट्र बैंकले धमाधम ऋणपत्र जारी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4