+
+
Shares

भियतनाम स्पिडबोट दुर्घटना : क्याप्टेन पक्राउ

भियतनाममा रहेको भारतीय दूतावासले मृतकहरूमा तमिलनाडुका १०, केरलका २ र आन्ध्र प्रदेशका ३ जना रहेको जानकारी दिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भियतनामको फु क्वोक टापु नजिकै भएको स्पिडबोट दुर्घटनापछि सुरक्षा नियम उल्लङ्घनको आरोपमा प्रहरीले क्याप्टेन गुयेन होंग हाईलाई पक्राउ गरेको छ।
  • दुर्घटनामा १० जना तमिलनाडुका सहित कुल १५ जना भारतीय नागरिकको मृत्यु भएको भारतीय दूतावासले पुष्टि गरेको छ।
  • ५७ वर्षीय क्याप्टेन विरुद्ध भियतनाममा आपराधिक अनुसन्धान सुरु गरिएको रक्षा मन्त्रालय अन्तर्गतको पीपुल्स आर्मी न्युजपेपरले जनाएको छ।

भियतनामको फु क्वोक टापु नजिकै भएको स्पिडबोट दुर्घटनापछि प्रहरीले क्याप्टेन गुयेन होंग हाईलाई पक्राउ गरेको छ। क्याप्टेनमाथि समुद्री र जलमार्ग सुरक्षा नियमहरू उल्लंघन गरेको आरोप लागेको छ।

उनीविरुद्ध आपराधिक अनुसन्धान सुरु गरिएको छ। भियतनामको रक्षा मन्त्रालयको आधिकारिक अखबार पीपुल्स आर्मी न्युजपेपरले क्याप्टेनको गिरफ्तारी पुष्टि गरेको छ।

स्रोतका अनुसार, हिरासतमा लिइएका ५७ वर्षका क्याप्टेन गुयेन होंग हाई एन जियांग प्रान्तको सोन कियेन कम्युनका बासिन्दा हुन्। यस दुर्घटनामा तमिलनाडुका १० जनासहित कुल १५ जना भारतीयको मृत्यु भएको छ।

भियतनाममा रहेको भारतीय दूतावासले मृतकहरूमा तमिलनाडुका १०, केरलका २ र आन्ध्र प्रदेशका ३ जना रहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?