News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ सरकारप्रतिको विश्वास खण्डित भएको भन्दै वर्तमान अवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन् ।
- शर्माले समाजमा बढ्दो निराशा र नागरिकको घट्दो आशाको कारण खोज्नुपर्ने बताउँदै प्रधानमन्त्री बालेन्द्र शाहलाई आशा र विश्वास जगाउन आग्रह गरेका छन् ।
- उनले बर्खाको समयमा सुकुम्वासीलाई विस्थापित गराएको भन्दै आपत्ति जनाउँदै सरकारसँग सहकार्यका लागि आफूहरू तयार रहेको उल्लेख गरेका छन् ।
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ दलबाट बनेको सरकारप्रतिको विश्वास खण्डित हुन पुगेकोप्रति प्रश्न उठाएका छन् ।
विगतमा प्रेम आचार्यले आत्मदाह गरेको र हाल गणेश नेपालीले आत्मदाह गर्ने गरी समाजमा निराशा बढ्नुको कारण खोज्नुपर्ने उपसभापति शर्माले बताए । ‘समाजमा यो प्रकारको निराशा किन हुँदैछ ? मानिसमा किन आशा मर्दैछ ? हामी पुरानाप्रतिको विश्वास टुट्यो तर नयाँ प्रतिको विश्वास पनि किन क्रमश: खण्डित हुँदैछ ?’ शर्माले सरकारलाई लक्षित गरेर भने ।
‘गरिबको चमेली बोल्दिने कोही छ’ भनेर प्रधानमन्त्री बालेन्द्र शाहले आशा र विश्वास जगाउनुपर्ने उनले बताए । सामाजिक सञ्जालमा भिडियो मार्फत उपसभापति शर्माले बर्खाको बेलामा सुकुम्वासीलाई उठिबास लगाएको भन्दै असन्तुष्टि पनि जनाए । ‘देश भित्र शरणार्थी जस्तो बनाएका सुकुम्वासीहरु अहिले फेरि अझै कष्टकर जीवन बेहोरिरहेका छन् । यस्तो बेलामा हामी प्रश्नले सरकारलाई घेर्न चाहन्नौं । आलोचना गर्न चाहन्नौं । सरकारलाई सहकार्य गर्न चाहन्छौं,’ शर्माले भने, ‘सरकारको साथमा उभिन चाहन्छौं सरकारलाई साथ दिन चाहन्छौं हामी हात लम्काउन चाहन्छौं ’
प्रश्न प्रतिपक्ष, राजनीतिक नभई समाजमा आशा जगाउने प्रश्न भएको शर्माले बताए ।
प्रतिक्रिया 4