+
+
Shares

कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ वटा उपसमितिको संयोजक चयन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ वटा उपसमितिका लागि संयोजकहरूको चयन गरेको छ।
  • प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा बसेको बैठकले प्रकाश पन्थ, रेशम गुरुङ र डा. डी.बी. सुनारलाई विभिन्न उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ।
  • साथै, विज्ञान प्रसाईं, मोहन गजुरेल र सिताराम काफ्लेलाई क्रमशः पूर्व आप्रवासी समन्वय, सार्थक सम्प्रेषण र कृषि उपसमितिको संयोजकमा चयन गरिएको छ।

२८ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ वटा उपसमितिको संयोजक चयन गरेको छ । पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा बसेको बैठकले ६ उपसमिति संयोजकको जिम्मेवारी तोकेको हो ।

यी हुन् संयोजक

१) अपांगता; संवाद, समन्वय र सशक्तिकरण उपसमिति, संयोजक –  प्रकाश पन्थ

२) आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमिति, संयोजक – रेशम गुरुङ

३) दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमिति, संयोजक – डा. डी.बी. सुनार

४) पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमिति, संयोजक–  विज्ञान प्रसाईं

५) सार्थक सम्प्रेषण उपसमिति, संयोजक –  मोहन गजुरेल

६) कृषि तथा कृषि उद्यम उपसमिति, संयोजक –  सिताराम काफ्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?