+
+
Shares

राष्ट्र बैंक डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते २१:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बुधबार मन्त्रिपरिषद्को बैठकबाट नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरेको छ ।
  • रावललाई बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकबाट आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गरिएको हो ।
  • नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर हुने व्यवस्था भए पनि एउटा पद हालसम्म रिक्त थियो ।

३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । सरकारले बुधबार मन्त्रिपरिषद् बैठकबाट रावललाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।

सरकारले बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रावललाई आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

केन्द्रीय बैंकमा २ डेपुटी गभर्नर  हुने व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ मा छ । फागुन २०८२ देखि दुवै डेपुटी गभर्नर पद रिक्त थियो ।

त्यसमध्ये २४ चैत २०८२ मा एक जना डेपुटी गभर्नर नियुक्त भएका थिए । एउटा डेपुटी हालसम्म पनि रिक्त नै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?