Comments Add Comment

सुस्मिताले अनमोललाई फिल्ममा अफर नै गरिनन्

Ma ta timrai houn (5)
साउन ७ गते अर्थात आउँदो शुक्रबारबाट नायक अनमोल केसीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘म त तिम्रै हुँ’ रिलिज हुँदैछ । यो चलचित्रकी निर्मात्री सुस्मिता केसी हुन् । चलचित्रमा अनमोल प्रस्तुतकर्ताको रुपमा मात्र रहेपछि धेरैले उनलाई छोरा किन नखेलाएको भन्दै प्रश्न गरे ।

आज काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा अनमोलको यसको रहस्य खोल्दै भने-‘चलचित्रका लागि मामुले मलाई कहिल्यै अफर नै गर्नुभएन । उहाँले यो कथामा तिमी सुहाउँदैनौ मात्र भन्नुभयो ।’

अनमोलले आफू घर भित्रकै मान्छे भएकाले जतिबेला पनि सुस्मितासँग काम गर्न तयार भएको बताए । अनमोलले आफू त घरकी मुर्गी दाल बराबर भनेपछि आमा सुस्मिताले ‘मुर्गी होइन मुर्गा’ भनेपछि माहोल हाँसोमा गुञ्जिएको थियो । निर्देशक श्रीराम महत्तले चलचित्रको कथावस्तु खुलाउनै नमिल्ने भएकाले पि्रमियर पनि गर्न नसकेको बताए । उनले चलचित्रले यूवापुस्तादेखि हरेक बर्गका मानिसलाई छुने बताए । Ma ta timrai houn (3)

कार्यक्रममा बोल्दै नायक अनमोल केसीले भने-‘मैले चलचित्र हेरिसकेको छु । चलचित्र एकदमै राम्रो बनेको छ ।’आकाश श्रेष्ठ, ज्योत्सना योगी, जीवन भट्टराई, सुशिल काफ्ले लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रको प्रचारमा निर्माता अनमोल पहिलो पटक देखिएका हुन् । चलचित्रमा सुवास थापाको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment