Comments Add Comment

श्रेयाले नजरको बल्छी हानेपछि

shreya karki in video
मोडल श्रेया कार्की म्यूजिक भिडियोमा भने केही व्यस्त छिन् । चलचित्र ‘बागमती’मा छोटो भूमिकामा काम गरेकी यी मोडललाई अन्य चलचित्रकर्मीले चलचित्रमा अफर गरेका छैनन् । यसैले पनि उनले भिडियोमै करिअर खोजिरहेकी छिन् ।

उनै कार्की अभिनित भिडियो ‘झुक्याएरै किन होला’ सार्वजनिक भएको छ । गायक नितिन गजुरेलको आवाजमा समावेश यो गीतमा श्रेयाको साथमा प्रभात र रोजले मोडलिङ गरेका छन् । भिडियोमा त्रिकोणात्मक प्रेमकथा बुनिएको छ ।

रायन कार्कीको निर्देशनमा तयार भएको यो भिडियोमा श्रेयाको दोहोरो प्रेमलाई देखाइएको छ । सुमित नेपालले छायांकन गरेको भिडियोलाई दीपक बिष्टले सम्पादन गरेका हुन् । गीतमा नीर भिमको शब्द, मनिष प्रसाइको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment