Comments Add Comment

अमेरिका र क्यानडा पठाउने भन्दै ३१ लाख ठग्ने पक्राउ

६ साउन, काठमाडौं । विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ परेका छन् । सिन्धुपाल्चोक मांखा-७ घर भएका तुलबहादुर तामाङ पक्राउ परेका हुन् ।

tulbadadur-tamangजेभी नाम राखी नक्कली फेसबुक आइडी खोेलेर उनले विभिन्न व्यक्तिलाई ठगी गरेका थिए । उनले आफु अमेरीकाको पीआर प्राप्त व्यक्ति भएको र आफ्नो आमा क्यानडाको डाक्टर भएको भन्दै प्रलोभन मा पारी ठगी गरिरहेका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलील तामाङलाई भक्तपुर च्याम्हासिंहबाट पक्राउ गरेको हो ।

लेवनानमा रोजगारीमा रहेकी श्रृजना दोंगसँग फेसबुकमार्फत साथी बनी नेपाल आएको समयमा भेट गरी अमेरीका डिपेन्डेन्ट भिसामा लैजाने भनेर ९ लाख ठगेका थिए ।

दोङकी भाई संजय र मिम लामालाई क्यानडा पठाउने भनेर उनले थप १३ लाख रुपैयाँ लिएका थिए ।

साईप्रसमा रोजगारीमा रहेकी कुसुम लामालाई फेसबुकमार्फत साथी बनाएर उनले क्यानडासँगै लैजाने भन्दै ९ लाख रुपैयाँ ठगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment