७ साउन, काठमाडौं । गरिब बालबालिकालाई चर्चमा बन्धक बनाएर धर्म परिवर्तनमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको शंखमुलमा जेरुसेलम एन्टिबल चर्चमा १४ जना बालबालिकालाई बन्धक बनाई धर्म परिवर्तन गराइएको हो ।
प्रहरीले चर्चका सञ्चालक हरिबहादुर तमाङ र बालगृह सञ्चालक चिनिमाया व्लोनलाई पक्राउ गरी मानव ओसारपसार तथा धर्म परिवर्तन मुद्दामा कारबाही अघि बढाएको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।
अदालतले बालगृह सञ्चालक व्लोनलाई थुनाका लागि जेल चलान गर्ने आदेश दिएको छ । तामाङ ५० हजार धरोटीमा छुटेका छन् ।
धनकुटा घर भएकी व्लोनको बिगत पाँच वर्षदेखि दर्ता नै नगरी माया अनाथ आश्रम सञ्चालन गरी गरिब बालबालिकालाई राख्दै आएकी थिइन् ।
कतिपय बालबालिकाका परिवारलाई उनले बच्चा आफूले पाल्ने भन्दै काठमाडौं ल्याएकी थिइन् । पछिल्लो समय बालबालिकालाई बन्धक बनाई जवरजस्ती खि्रस्टियन धर्मको प्रार्थना गर्न लगाइएको थियो ।
प्रतिक्रिया 4