Comments Add Comment

राजेश खन्नालाई नसिरुद्दिनले ‘कमजोर अभिनेता’ भनेपछि ट्विंकलको आक्रोश

twinkal and nasuridhin
बलिउड नायिका ट्विंकल खन्नाले चर्चित अभिनेता नसिरुद्दिन शाहलाई गतिलो जवाफ फर्काएकी छिन् । उनले यी चर्चित कलाकारमाथि आफ्नो आक्रोश पोखेकी छिन् । ट्विंकलले आफ्नो आक्रोश स्वर्गिय पिता राजेश खन्नाप्रति नसिरुद्दिनले गरेको टिप्पणीलाई लिएर गरेकी हुन् ।

हिन्दुस्तान टाइम्समा छापिएको एक अन्र्तवार्तामा शाहले राजेश खन्नालाई ‘कमजोर अभिनेता’ भनेका थिए । उनले भनेका छन्-‘राजेश खन्नाका कारण हिन्दी चलचित्रको स्तरमा गिरावट आएको थियो । जसले गर्दा साधारण चलचित्र पनि बन्न थालेका थिए ।’ नसिरुद्दिनले ७० को दशकमा राजेश खन्नाको सामान्य अभिनयको छाप बलिउडमा पर्न गएको बताएका छन् ।

ट्विंकललाई यो कुरा मन परेन । उनले ट्विटरमा लेखेकी छिन्-‘सर, यदि तपाई जीवित मानिसलाई सम्मान दिन सक्नु हुन्न भने कम से कम ती मानिसहरुको सम्मान गर्न सिक्नुहोस्, जो यो दुनियाँबाट गैसकेका छन् र तपाइलाई जवाफ दिन सक्दैनन् ।’

निर्देशक करण जोहरले पनि ट्विंकलको कुरालाई समर्थन गरेका छन् । उनले लेखेका छन्-‘म तपाइको कुरामा सहमत छु, ट्विंकल जी । नसिरुद्दिनको वरिष्ठताको म समर्थन गर्छु । तर, यो उद्योगका एक सदस्यको बिषयमा यस्तो बयान राम्रो थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment