+
+
Shares

दिक्तेल–हलेसी सडक पाँच दिनदेखि अवरुद्ध

रासस रासस
२०७३ साउन १२ गते ९:२७

Road१२ साउन, खोटाङ। लगातारको वर्षाका कारण खोटाङको दिक्तेल–हलेसी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । जयरामघाटदेखि हलेसी, हलेसीदेखि मुढे र मुढेदेखि दिक्तेल गरी तीन खण्डमा विभाजित सडकमा अहिले कुनै पनि यात्रुवाहक सवारीसाधन चल्न सकेका छैनन् ।

साउन लागेयता निरन्तर भइरहेको वर्षाका कारण दिक्तेल–हलेसी सडक पाँच दिनदेखि पूर्णरुपमा अवरुद्ध भएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले बताए ।

वर्षायाम सुरु भएसँगै सुरुमा दिक्तेल–मुढे र त्यसपछि मुढे–हलेसी सडक अवरुद्ध भएको हो । ठाउँ–ठाउँमा पहिरो खसेका कारण हलेसीदेखि जयराम खण्ड पनि दुई दिनदेखि ठप्प बनेको यातायात व्यवसायी सङ्घले जनाएको छ । सहर जाने र आउने मुख्य सडक अवरुद्ध भएपछि सर्वसाधारण मारमा परेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?