+
+
Shares

भारतीय पक्षले सीमामा बाँध बनाउँदा झडप, बाह्र घाइते

रासस रासस
२०७३ साउन १४ गते ८:४६

Saptari-Jhadap

१४ साउन, सप्तरी। नेपाल–भारत सीमा खाँडो नदीमा भारतीय पक्षबाट बाँध बनाउने विषयमा  झडप हुँदा भारतीय र स्थानीयवासी नेपाली गरी १२ जना घाइते भएका छन् ।

घाइते हुनेमा तिलाठी गाविस–४ निवासी ५६ वर्षीय देवनारायण यादव, वडा नं ७ का १५ वर्षीय रोशन झा, १६ वर्षीय हर्षधन कर्ण र १५ वर्षीय सञ्जीव झा, वडा नं ८ का ३५ वर्षीय सुशील यादव तथा ३५ वर्षीय शङ्कर यादव रहेको प्रहरी चौकी तिलाठीका प्रहरी नायब निरीक्षक पुगेन्द्र आङ्देम्बेले बताए ।

घाइते नेपालीलाई राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको प्रजिअ बलदेव गौतमले बताए । सोही झडपमा भारतीय पक्षका समेत कम्तीमा छ व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । भारतको सीमावर्ती क्षेत्र कुनोलीमा उनीहरुको उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको टाउको फुटेको छ ।

करिब एक दशक अगाडि भारतीय पक्षबाट सप्तरीको तिलाठीमा निर्माण गरिएको बाँधलाई बाढीले भत्काएको र सो बाँधलाई भारतीय पक्षले बिहान पुनःनिर्माण गर्न लाग्दा स्थानीयवासी नेपाली युवा र भारतीय पक्षबीच पटक पटक झडप भएको थियो । अहिले त्यहाँको अवस्था केही सामान्य भएको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?