Comments Add Comment

पशुपति, मन्जु र नरेशले नचाए सिड्नीबासीलाई

manju_poudelसिड्नीमा शनिबार सम्पन्न तीज धमाका २०१६ भब्यताका साथ सम्पन्न भयो । पशुपति शर्मा , मन्जु पौडेल र नरेश रेग्मीको गीत संगीतमा सिड्नीबासी नेपालीहरू राम्रैसंग झुमे ।

अस्ट्रेलियाको भ्रमणमा रहेका पुशपती , मन्जु र नरेशले तिजको अवसर पारेर सिड्नीमा सयौ दिदी बहिनीलाई नचाए अनि हसाए पनि । हरितालिका तीजकोअबसर पारेर स्थानीय युवा बिरेन्द्र मल्लले यो कार्यक्रमको आयोजना गरेका थिए ।

करिब सात सय दर्शकको उपस्थीती रहेको कार्यक्रममा अभिभावकहरुको समेत उल्लेख्य उपस्थीती थियो । सामाजिक परिवेश र बिकृती बिसंगतीविरुद्ध टड्कारो शब्द चयन गर्न खप्पीस पुशपती आफ्ना लोकदोहरी मार्फत थुप्रे शन्देश दिन सफल भए । काम पाइन डिग्री पास गरेर , भैसी पाले घरतिरै झरेर , मलाई अस्ट्रेलिया यही , अमेरिका यही भन्ने गित गाएपछि थुप्रै प्रवासी नेपालीहरूले आफूलाई सम्झिए ।अाफै लेख्ने, आफै गाउने अनि आफै संगित भर्ने पुशपतीलाई फरक ट्रेन्डका दोहरी गायकका रुपमा चिनिने गरिन्छ ।

नेपाली सांस्कृतिक कार्यक्रमहरू बढी नै आयोजना हुने अष्ट्रेलियामा बिशेस गरेर लोकगीत संगीतको कार्यक्रमहरूको बढी नै सफलता हात पार्ने गर्छन । त्यो कुरालाई निरन्तरता दियो तीज धमाकाले पनि ।

आफू जस्तै सुन्दर गीत गाउने मन्जु पौडेल थिईन अर्को आकर्षण । उनि स्टेजमा छिरेपछी सिड्नीबासी नेपालीहरूबाट तालीको फोहोरा नै फूट्यो ।

गीत गाँउंदै मन्जुले भनिन -‘ गीत गाउँने बहानामा दिदी बहिनीहरूसंग भेट भयो , मन नै शान्त भएको छ -‘ । मन्जुले आफ्ना पुराना हिट देखी नयां तीजका गीतहरू गाएकी थिईन ।

साथमा थिए अर्का गायक एबं मोडल नरेश रेग्मी । यतिबेला अध्यनको क्रममा सिड्नी रहेका रेग्मी नेपालमा रहँदा गायन र मोडलिगमा ब्यस्त थिए । उनले प्रबासमा पनि गायन क्षेत्रलाई निरन्तरता दिई रहेका छन । आधुनिक र लोक दुबै बिधाका गित गाएकी थिए नरेशले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment