Comments Add Comment

अष्ट्रेलियाली क्रिकेटर ब्रेट ली अभिनित फिल्म भारतमा रिलिज हुँदै

brett_lee_and_tannishtha

काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवशीय खेलमा सचिन तेन्दुलकरको विकेट धेरैपटक लिने अष्ट्रेलियाली बलर ब्रेट ली आफ्नो समयको खतरनाक बलर मानिन्थ्यो ।

२०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले आफ्नो जिन्दगीको दोस्रो पारी अभिनयबाट सुरु गरेका छन् ।

ब्रेट ली अष्ट्रेलियाली चलचित्र ‘अनइण्डियन’ मा अभिनय गरेका छन् । यसै चलचित्रको प्रमोशनका लागि उनी अहिले मुम्बईमा छन् ।

ब्रेट ली ले भनेका छन् कि मैले जिन्दगीको हरेक समय क्रिकेटलाई दिएको छु तर अव जिन्दगीको दोस्रो पारी सुरु गर्न गइरहेको छु जसमा अभिनयपनि सामेल हुनेछ ।

१९९४ मा पहिलो पटक भारत आउँदा ली १८ बर्षका थिए । उनकै शब्दमा, उनलाई भारतसँग पहिलो नजरमै मायाँ बसेको थियो ।

भारतमा आफूभन्दा ठूलालाई गरिने आदरले ब्रेट लीलाई मन्त्रमुग्ध पारेको थियो । उनी भन्छन्, ‘जसरी भारतीय संस्कृतिमा ठूलालाई आदर गर्ने गरिन्छ मलाई यो निक्कै मनपर्छ । म पनि मेरी आमासँग हरेक दिन कुरा गर्छु ।’

आइपीएलका क्रममा ली ले बलिउड सुपरस्टार शाहरुख खान र पि्रती चिन्टासँग भेटे । ली उनीहरुलाई बलिउडका सबैभन्दा नजिकका साथी मान्छन् ।

संगीतमा बिशेष रुची राख्ने ब्रेट लीले सन् २००६ मा प्रख्यात गायीका आशा भोस्लेसँग गीत गाएका थिए, जुन निक्कै प्रख्यात भएको थियो । ब्रेट ली आफ्नो कलात्मक क्षमताको क्षेय आफ्नी आमालाई दिन्छन् जो आफ्नो समयमा पियानो शिक्षक थिइन् ।

भारतीय मूलका अष्ट्रेलियाली निर्देशक अनुपम शर्माको चलचित्र ‘अनइण्डियन’ मा ब्रेट ली भारतीय नायिका तनिष्ठा चटर्जीसँग रोमान्स गरिरहेका देखिनेछन् ।

पहिलो पटक अभिनयमा पाइला राख्न लागेका ब्रेट ली भन्छन्, ‘क्रिकेट मैदानमा पनि म अभिनेता नै थिएँ । किनकि मैदान र मैदानबाहिर मेरो दुई व्यक्तित्व हुने गर्थ्यो । यद्यपी चलचित्रका लागि मलाई एक्टिङ कोर्स र निक्कै मेहनत गर्नु पर्‍यो ।’

क्रिकेट मैदानमा कसैसँग नडराउने लीलाई चलचित्रको इन्टिमेन्ट सिनले सातो लियो । उनी भन्छन्, ‘इन्टिमेन्ट सिन गर्नु मेरालागि निक्कै तनावपूर्ण थियो । तर तनिष्ठाले मलाई सहयोग गरिन् कि यस्ता दृश्य फिल्ममा कलात्मक तरिकाबाट खिचिएको छ ।’

यद्यपी भारतीय दर्शकले यो देख्न पाउने छैनन् किनकि सेन्सर बोर्डले चलचित्रका यस्ता सिनलाई भारतमा देखाउन प्रतिबन्ध लगाएको छ ।

गत बर्ष अष्ट्रेलियामा रिलिज भएको ‘अनइण्डियन’ ले अष्ट्रेलियामा निक्कै चर्चा कमाएको थियो । ब्रेट ली की पत्नी आनालाई पनि यो चलचित्र निक्कै मन परेको थियो र उनले ली ले अन्य चलचित्रपनि खेलुन् भन्ने चाहना व्यक्त गरेकी थिइन् ।

ब्रेट ली अभिनित यस चलचित्र आगामी अगष्ट १९ मा भारतमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment