+

साफ यू-१९ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

२०८२ वैशाख  २२ गते १७:१७ २०८२ वैशाख २२ गते १७:१७
साफ यू-१९ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

२२ वैशाख, काठमाडौं । साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ खेल्न भारत जाने नेपाली फुटबल टोलीको बिदाइ गरिएको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले बिदाई गरे । कार्यक्रममा बोल्दै अध्यक्ष नेम्वाङले राम्रो प्रदर्शन गर्दै उपाधि जित्न शुभकामना दिएका थिए ।

प्रतियोगिता मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली स्टेडियम, युपियामा आयोजना हुनेछ । यस प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ, जहाँ आयोजक भारत र श्रीलंका पनि छन्। समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले आफ्नो पहिलो खेल मे ११ मा श्रीलंकासँग खेल्नेछ भने दोस्रो खेल मे १३ मा भारतसँग खेल्नेछ ।

नेपालले अहिलेसम्म दुई पटक यो उमेर समूहको उपाधि जितेको छ । पछिल्लो पटक सन् २०२४ मा नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

त्यसबेला नेपाली टोलीमा रहेका डिफेण्डर मदन पौडेल र राम थापा तथा मिडफिल्डर लक्षु थापा, फरवार्ड धरबेन्द्र कुँवर यस पटक पनि टिममा छन् ।

यस्तै गत वर्ष भुटानमा भएको साफ यू-१७ च्याम्पियनसिप खेलेका कप्तान सुवास बमसहित गोलकिपर भक्त बहादुर परियार, फरवार्ड सुजन डंगोल र पवन पाख्रिन, मिडफिल्डर कृष्ण बहादुर आले, सबिन लुंगेली, विज्ञान खड्का र डिफेण्डर प्रशान्त मोक्तान यस पटक यू-१९ टोलीमा समावेश भएका छन् ।

नेपाली यू-१९ टोली:

गोलकिपर : भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बानिया

डिफेन्डर : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का

मिडफिल्डर :  कृष्ण बहादुर आले, कृष्ण थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का

फरवार्ड : पवन पाख्रिन, धरबेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ

मुख्य प्रशिक्षक : उर्जन श्रेष्ठ

गोलकिपिङ कोच : सन्जिव जोशी

टिम म्यानेजर : रविन खड्का

सहायक कोच : विनोद श्रेष्ठ, मंगल महर्जन

फिजियो : अनिश बुढाथोकी

मिडिया अफिसर : मनोज थापा

साफ यू-१९ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय