Comments Add Comment

अफेयरको चर्चा चलिरहँदा पल र आँचल फेरि एकसाथ पर्दामा

pal and aanchal
केही दिन अगाडि अनलाइनखबरमा नायक तथा मोडल पल शाह र नायिका तथा मोडल आँचल शर्माको प्रेम चर्चाको खबर प्रकाशित भएको थियो । पल र आँचल प्रेम सम्बन्धमा रहेको बर्षदिन बढी भैसकेको छ । हुनत, पलले आँचललाई आफ्नो मिल्ने साथी मात्र भन्दै आएका छन् ।

पलले त मिडियाले नै आफू र आँचललाई प्रेमी-प्रेमिका बनाइदिएको भन्दै टिप्पणी गर्न समेत भ्याएका थिए । तर, गसिप बजारमा आएको चर्चालाई बल पुग्ने गरी फेरि यी दुई एकसाथ नयाँ फिल्ममा देखिने भएका छन् ।

पललाई लिएर निर्देशक नीतिन चन्द चलचित्र ‘जोनी जेन्टलमेन’ बनाउँदैछन् । यो चलचित्रका लागि पल शाहले लामो कपाल पनि पालिरहेका छन् । मिडियामा पलले कपाल देखाउँदै हिडेको खबर बाहिरिएपछि उनी टोपी लगाएर सार्वजनिक कार्यक्रममा पुग्न थालेका छन् ।

उनै पलको अपोजिटको रुपमा नायिका आँचल शर्मालाई फाइनल गरिएको छ । हुनत, आँचलले चलचित्र ‘हैरान’ मा पनि काम गर्दैछिन् । तर, पल र आँचलले एकसाथ दोश्रो चलचित्रमा काम गर्न लागेका हुन् ।

केही दिन अगाडि निर्देशक चन्दले चलचित्रका लागि नायिकाको खोजी गरिएको बताएका थिए । तर, उनले आँचललाई नै नायिका लिएपछि गसिप बजारमा पल र आँचलको प्रेम चर्चा अझ बढ्ने पक्का छ । चर्चालाई नै मान्ने हो भने, पललाई नसोधी आँचल कुनै पनि प्रोजेक्ट संझौता नै गर्दिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment