Comments Add Comment

राधिका विष्टको विलौना, देशमा गहिरो धक्का लाग्यो आफ्नै घरले तर्सायो

reecha-sharmaकाठमाडौं । गायिका राधिका विष्टको देशभक्ति गीत अहिले चर्चाको विषय बनेको छ । राष्ट्रिय गीतको सूचीमा थपिएको उनले यो गीतमा प्राकृतिक विपत्तिले मुलुमा निम्त्याएको समस्यालाई ब्यक्त गरेकि छिन् ।

१५ महिना अघि आएको विनाशकारी भूकम्प, त्यसपछिको बाढी र पहिरोले आम नेपालीको मन छियाछिया पारेको कुरा गरेकी छिन् गीत मार्फत । मुलुकमा निम्तिएको विपत्तिलाई गीतमा उनले यसरि ब्यक्त गरेकी छिन्ः

कोईली चरि उदास हुँदै आयो, सोधेँ मैले के के खबर ल्यायो रुँदै भनि

आफ्नै घरले तर्साइरहन्छ, कयौं मान्छे घर न घाट छ, आधा पेटमै बाँचिराछ…

भूकम्पले धेरैलाई घरवार बिहिन बनायो भने १० हजार बढीको मृत्यु भयो । ऐतिहास मठ मन्दिर विनास भयो । बेरोजगारी र महंगीको मार उत्तिकै छ । तैपनि आशावादी हुन आग्रह गरेकी छिन् राधिकाले ।

मुलुक बनाउने हामीले नै हो भन्दै युवाहरुलाई विश्वासका साथ अघि बढन आग्रह गरेकि छिन् ।

घाम उदाउने पक्का भाछ, जुटौं हामी…जुटौं हामी, नेपाली संसारकै

बनाउ हाम्रो देश हानेमालो गरेरै, छिट्टै आउनु है

एकता र सदभावलाई संगै ल्याउनु है

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा नायिका ऋचा शर्माले अभिनय गरेकि छिन् । अहिलेसम्म काम गरेको मध्ये यो भिडियो मौलिक भएको ऋचाको बुझाई छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment