+
+

इरोम शर्मिलाले १६ वर्षपछि आमरण अनशन तोडिन्

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २५ गते १५:२४

sharmila

२५ साउन, काठमाडौं । भारत मणिपुरकी चानू इरोम शर्मिलाले १६ वर्षको आमरण अनशन मंगलबार तोडेकी छन् । सैन्यबल कानुन अन्त्यको माग गर्दै उनले सन् २००० देखि आमरण अनशन सुरु गरेकी थिइन् ।

४४ वर्षीया शर्मिलाले ‘लौह महिला’को उपमा पाएकी छन् ।

स्थानीय अदालतमा पुगेर आमरण अनशन तोडेकी हुन् ।

आमरण अनशनका कारण उनको स्वास्थ्य नाजुक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको जीबन रक्षाका लागि नाकबाट पाइप घुसाएर जबर्जस्ती झोलिलो खानेकुरा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?