Comments Add Comment

बीमा कम्पनीको सीइओ बन्न चाहिने योग्यतामा केही खुकुलो

beema-samitee-2
१ भदौ, काठमाडौं । बीमा समितिको प्रमुख कार्यकारी अधिकृत (सीइओ) बन्नका लागि आवश्यक पर्ने योग्यतामा केही खुकुलो बनाइएको छ । नियामक बीमा समितिले संस्थागत सुशासन सम्बन्धि पुरानो निर्देशनलाई संशोधन गर्दै सीइओको योग्यतालाई केही खुकुलो बनाएको हो ।

संस्थागत सुशासन निर्देशिका २०६८ अनुसार बीमा कम्पनीको सीइओ बन्न स्नातकोत्तर गरेर बीमा क्षेत्रको व्यवस्थापन तहमा १० बर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरेको थियो ।

बजारमा त्यस्ता व्यक्ति नभेटिँदा बीमा कम्पनीमा सीइओको हाहाकार बनेपछि बीमा समितिले सो व्यवस्थालाई संसोधन गरेर केही खुकुलो बनाएको हो ।

बीमा समितिले चार्टर्ड एकाउन्टेन्टलाई पनि सीइओ बन्न पाउने नयाँ व्यवस्था गरेको छ । यसअघि चार्टर्ड एकाउन्टेन्सी मात्र गरेको ब्यक्ति बीमा कम्पनीको सीइओ बन्न पाउँदैन थिए ।

समितिले बीमा, ब्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्य शास्त्र, कानुन, गणित, तथ्यांक शास्त्र वा इन्जिनियरिङ बिषयमा स्नातकोत्तर गरी बिमा क्षेत्रको व्यवस्थापन तहमा पाँच बर्ष काम गरको ब्यक्ति प्रमुख कार्यकारी हुन पाउने जनाएको छ । बैंक तथा वित्तीय क्षेत्रमा भए आठ बर्षको अनुभव चाहिन्छ ।

बीमा क्षेत्रमा एक बर्षको अनुभव भएर बैंकिङमा काम गरेको भए ७ बर्षको अनुभवले पनि सइओमा नियुक्ति पाउने भएका छन् । तर, बीमा कम्पनीको सीइओ बन्न ६५ वर्ष नाघेको हुनु हुँदैन ।

समितिले बीमा कम्पनीका विभागीय प्रमुखका लागि पनि योग्यता तोकेको छ । अब बीमा पढेको ब्यक्तिलाई मात्र बीमा कम्पनीको विभागीय प्रमुख बनाउन सकिने छ ।

साथै, यसअघि कम्पनीमा सबैभन्दा कम तलब खाने कमर्चारीकाेभन्दा सीइअाेले १५ प्रतिशतमात्रै तलब भत्ता लिन पाउने व्यवस्थालार्इ संसाेधन गर्दै बीमा समितिले बढाएर २५ गुणा पुर्‍याएको छ । त्यस्तै, बीमा कम्पनीमा एकै व्यक्ति दुर्इ कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment