२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा साझा बस थप्न आग्रह गरेका छन् । साझा बसका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेसँग प्रचण्डले उपत्यकामा साझा बस थप्न प्रस्ताव गरेका हुन् ।
बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘उपत्यकामा आवातजावतका लागि जनताले दुख पाइरहेका छन् । जनतालाई राहतको अनुभूति दिन आवश्यक छ । काठमाडौंको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे ठोस निर्णयमा पुगौं ।’
प्रधानमन्त्रीले सम्वद्ध पक्षहरुसँग छलफल र गृहकार्य गरेर कम्तिमा तीस वटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गराएका थिए ।
भेटमा निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो निकै महत्वपूर्ण रहेको भन्दै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4