Comments Add Comment

महेश भट्ट चाहन्छन्–‘आलियाको फिल्म असफल होस्’

Alia Bhatt with her father Mahesh Bhatt at the song launch of Humpty Sharma Ki Dulhania

कुनै पनि पिताले आफ्नो सन्तानका लागि के–के सपना देख्छ होला । अझ, सन्तानको सफलतामा उसको पिता कति खुशी हुन्छ होला । तर, बलिउडका एक यस्ता पनि निर्देशक छन्, जसले आफ्नी छोरीको चलचित्र असफल होस् भनेर कामना गरेका छन् ।

अहिले बलिउडमा नायिका आलिया भट्ट सफलताको साथ अगाडि बढिरहेकी छिन् । आलिया छोटो समयमै बलिउडकी सफल र चर्चित नायिका हुन् । तर, उनका पिता महेश भट्ट भने आलियाको चलचित्र असफल होस् भनेर कामना गरिरहेका छन् ।

आलियाका पिता महेशले भने–‘म चाहन्छु आलिया असफल होउन् । किनकी, उनले सफलताको मुल्य वुझ्नुपर्छ ।’ छोरी असफल हुँदा सफलताको मुल्य वुझ्ने महेशको भनाई छ । महेशको यो भनाइमा आलियाको कुनै प्रतिक्रिया आएको छैन ।

तर, महेश आलियाको करिअरमा खराब दिन पनि आओस् भनेर कामना गरिरहेका छन् । हुनत, महेशले छोरीको बिषयमा विवादस्पद बयान पहिलो पटक दिएका होइनन् । उनले यस अगाडि पनि पूजा भट्टलाई लिएर विवादस्पद बयान दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment