Comments Add Comment

अमेरिकामा जनैपूर्णिमा मनाइयो

America-janai
वाशिंगटन डिसी । धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७३ सालको जनैपूर्णिमा भब्यताको साथ सम्पन्न गरेको छ l
आयोजक डिसी नेपाली समाज भएता पनि डिसी महानगर क्षेत्रका अन्य संघ तथा संस्थाको बिशेष सक्रियता तथा सहयोगमा सम्पन्न जनैपूर्णिमा अन्य संघ तथा संस्थाका स्वयमसेवकहरू खटेका थिए l 
 
डिसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि गत अगष्ट १८ मा जनैपूर्णिमा वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम बिहान देखि सांझ सम्म चलेको थियो l बिहान ७ बजे देखि साँझ ७ बजे सम्म समय राखिएता पनि नेपाली समुदायको आग्रहमा बिहान ७ बजे देखि ९ बजे सम्म जनै पुर्णिमा चलेको थियो l
 
बिहीबार कामको समय परेकोले उपस्थिति कम आउने अनुमान गरिएता पनि झन्डै  १ हजार ४ सय को हाराहारीमा  श्रद्धालु भक्तजनहरु आएका थिए । उपस्थित भक्तजनलार्इ क्वाँटी, पुलाउ, अचार, हलुवा, तर्बुजा खुवाइएको समाजका उपाध्यक्ष दधिराम ढुंगानाले जानकारी दिए l
 
संस्थाका सभापति अरुण रुपाखेतीले जनै तथा रक्षाबन्धन संस्थाले ७ औ पटक मनाएको भन्दै चाडपर्वमा नेपाली समुदायको बाक्लो उपस्थितिले आफु अझ उत्साहित भएको बताए l   
 
डिसी महानगर क्षेत्रका प्रसिद्ध पण्डित राजेन्द्र खनाल तथा अन्य पण्डितहरु द्वारा आउने सबैलाई जनै लगाई दिनुको साथै रक्षाबन्धन पूजन, शान्ति यज्ञ तथा अन्य पूजा अर्चना गरेका थिए l यसपालिको कार्यक्रम भजन कृतन गरी कार्यक्रम सम्पन्न गरिएको थियो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment