Comments Add Comment

अलपत्र मैदानमा जब छक्का, चौका वर्षियो

Lamahai-cricket-Ground

६ भदौ, लमही । दाङ देउखुरीको लमहीस्थित अलपत्र क्रिकेट मैदानमा खेलाडीहरु पस्दासम्म धेरैले पत्याएनन् । सबैले भने- यस्तो मैदानमा पनि कसरी म्याच होला ? तर, जब खेलाडी लमहीको मैदानमा जमेर छक्का र चौका वर्षाउन थाले अनि हेर्न पुगेका दर्शकहरु खेलाडीलाई हौसला थप्न हुटिङ गर्न थाले ।

देउखुरी क्रिकेट क्लवले लमहीको क्रिकेट मैदानलाई चिनाउन र मैदान बनाउन सरकारलाई दवाव दिन पहिलोपल्ट निर्माणाधिन मैदानमा ‘ईण्डो नेपाल अण्डर १९’ प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको आइतवार उदघाटन गरिएको छ । तेस्रो सिरिजसम्म हुने म्याचको पहिलो सिरिज नेपालको तर्फबाट देउखुरी क्रिकेट क्लबले जितेको छ ।

प्रस्तावित क्रिकेट रंगशालाको स्केच
लमहीमा प्रस्तावित रंगशालाको स्केच

भारतको पटनास्थित कुमार क्लव र देउखुरी क्रिकेट क्लबबीच भएको पहिलो सिरिज देउखुरी क्रिकेट क्लबले २ विकेटले जितेको हो । यो प्रतियोगिताको फाइनल सिरिज मंगलबार हुनेछ ।

सरकारले दाङमा क्रिकेट मैदान निर्माणमा प्राथमिकतामा राखेको घोषणा गरेको थियो । त्यही घोषणा अन्तर्गत दाङको मैदान चिनाउन लमहीमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका खेलाडी राजविर सिंहको पहलमा देउखुरी क्रिकेट क्लबले अलपत्र मैदानमा सामान्य मर्मत गरेर प्रतियोगिता राखेको हो ।

प्रतियोगिता उदघाटन कार्यक्रममा लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले लमहीको क्रिकेट मैदानको विकासकालागि सबै सरोकारवाला निकायले ध्यान दिन आवश्यक रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment