Comments Add Comment

प्रधानमन्त्रीले आपूर्तिमन्त्रीलाई भने-तेलको अभाव तुरुन्त हटाउनुस्

Prachanda_1
६ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ उपत्यकामा देखिएको पेट्रोल अभावको समास्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । आपूर्तिमन्त्री दीपक बोहोरालाई टेलिफोन गरेर प्रधानमन्त्री प्रचण्डले बजारमा आपूर्ति सहज गरेर नियमित अनुगमन बढाउन पनि भनेका छन् ।

प्रधानमन्त्रीले भने, ‘उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ । पेट्रोल पम्पहरुमा लाइन लाग्न थालेको छ, यसको कारण के हो ? यसको तत्काल समाधानका लागि प्रयत्न गर्नुहोस् ।’

टेलिफोनमा प्रधानमन्त्रीले पेट्रोलियम पदार्थ लगायत जनताको दैनिकीसँग गाँसिएका उपभोग्य बस्तुहरुको सहज आपूर्तिलाई नियमित गर्न आपूर्ति मन्त्रीको ध्यानाकर्षण गरएका छन् ।

जवाफमा आपूर्तिमन्त्री बोहराले तीन दिन लामो बिदाका कारण उपत्यकामा इन्धनको आपूर्तिमा केही समस्या देखिएको भन्दै मन्त्रालयले जुनसुकै परिस्थिति र समयमा पनि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नआउने गरी आपूर्ति व्यवस्था सहज गर्ने दावी गरेका छन् ।

तर, पम्पहरुमा भने अझै लाइन हटेको छैन । आयल निगमले मागअनुसार पेट्रोल बजारमा पठाएको बताएपनि उपभोक्ता भने घण्टौं लाइनमा बसेर तेल भर्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment