Comments Add Comment

अनुमति नपाएको सडकमा चालकको दादागिरी

७ भदौ, जाजरकोट। रुकुमको छेपारेदेखि आठबिसडाँडागाउँ गाविसको सिमबजारसम्मको सडकमा यातायात चलाउन अनुमति छैन ।

bus-driverअनुमति नै नपाएको सडकमा चालक अनुमतिपत्र नभएका चालकले पुराना थोत्रा जिपहरु सञ्चालन गरी दादागिरी गर्दै आएका छन् ।

बाह्र जनासम्म अट्ने क्षमता भएका जिपमा २० भन्दा वढी यात्रु कोचेर जोखिमपूर्ण यात्रा गराउँदा दुर्घटनाको सम्भावना वढेको छ । बाइस किलोमिटर सडकमा ३५० रुपैयाँ भाडा लिएर क्षमताभन्दा वढी यात्रु राखेर लुट मच्चाउने गरेको यात्रुहरुले वताएका छन् ।

यो रुटमा चल्ने जिपका चालकहरुको लाइसेन्स अर्थात चालक अनुमतिपत्र कसैको पनि नभएको पाइएको छ । छेपारेदेखि सिमबजारसम्म प्रहरी चौकी नभएका कारण यसरी लुट मच्चाउन सजिलो भएको छ ।

करिब १५ मिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालय आठबिसकोटले कुनै पनि चासो नदेखाएको आठबिसकोट–५ का कालीबहादुर सार्कीले बताए ।

यात्रुहरु किलाकोच गरेर नराख्न अनुरोध गर्ने यात्रुलाई बीचबाटोमै अलपत्र पार्ने गरेको र दुव्र्यवहार गर्ने गरेको यात्रुहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment