Comments Add Comment

अवहेलना मुद्दामा कम्पनी रजिष्टार कार्यालय प्रमुख दोषी ठहर

५ चैत, विराटनगर । अदालतको अवहेलना मुद्दामा जिल्ला अदालत मोरङले कम्पनी रजिस्ट्रार कार्यालय काठमाडौंका प्रमुखसहित ३ कर्मचारीलाई दोषी ठहर गरेको छ ।

लेनदेन मुद्दामा अदालतले रोक्का राख्न आदेश दिएको कम्पनीको सेयर मिलेमतो गरी बिक्री गरेपछि कम्पनी रजिस्ट्रार कार्यालय काठमाडौंका प्रमुख भुवनहरि अर्याल, अधिकृत कृष्णप्रसाद पौडेल र कानुन अधिकृत टोपबहादुर विष्टलाई दोषी ठहर गर्दै जनही ५ हजार जरिवनाको फैसला सुनाएको हो ।

अदालतले सेयर खरिद गर्नेहरु सुरेश भण्डारी र शंकरप्रसाद संग्रौलालाई पनि जनही ५ हजारको जरिवना फैसला सुनाएको छ ।

मोरङको सुन्दर हरैंचा नगरपालिकाका करणसिंह बस्नेतले शंकरप्रसाद संग्रौलाविरुद्ध लेनदेन मुद्दा दायर गरेपछि जिल्ला अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले प्रतिवादी संग्रौलाको नाममा दर्ता भएको कञ्चनजंघा फार्म हाउसको सेयर निवेदकको माग बमोजिम रोक्का गर्न आदेश दिएको थियो ।

अदालतले असोज १० गते रोक्का गर्न आदेश दिएपछि असोज १२ गते आदेश बमोजिम कम्पनी रजिस्टारको कार्यालयमा रोक्काको पत्र दर्ता भएको थियो । तर असोज १४ गते संग्रौलाको सेयर सुरेश भण्डारीको नाममा बिक्री भएको थियो । साउन १ गतेको निर्णय भन्दै बिक्री भएको सेयरमा कर्मचारीको मिलेमतो देखिएपछि अदालतले जरिवानाको फैसला सुनाएको हो ।

अदालतको आदेश विपरीत बिक्री भएपछि अवहेलना मुद्दामा प्रमुखसहित तीन जनालाई जरिवानाको फैसला भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

नेपालको संविधानको धारा १२६ (२) मा मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णय सबैले मान्नुपर्ने उल्लेख छ । तर अदालतबाट शेयर रोक्का राख्ने आदेशको बारेमा जानकारी भइसकेपछि आदेश विपरीत नियम उल्लंघन गरेको उल्लेख छ ।

अदालतलाई छल्न नक्कली खरिदकर्ता

अदालतको सेयर रोक्काको आदेश दिएपछि संग्रौलाबाट सेयर बिक्रीमा पनि फर्जी गरेको पाइएको छ ।

अदालतको आदेश उल्लंघन गर्दै शंकरप्रसाद संग्रौलाको एकल कम्पनीको शेयर १ करोडमा बिक्री भएको अदालतमा कागज पेस भएको थियो । तर भण्डारी र संग्रौलाबीचको शेयर कारोबार नै फर्जी भएको अदालतले ठहर गरेको छ ।

भण्डारीको सानिमा बैंकमा खाता रहेको उल्लेख छ । तर बैंक स्टेटमेन्टमा भण्डारीको खातामा खरिद गरिएको भनिएको एक करोड रुपैया नभएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment