Comments Add Comment

नेपाललाई लगानी र प्रविधिमा सहयोग गर्न जापान तयार

१४ भदौ, काठमाडौ । जापानले नेपाललाई लगानी, जापानीज प्रविधि र सीप विस्तार गर्न सहयोग गर्न तयार रहेको बताएको छ ।

मंगलबार नेपालका लागि जापानिज राजदूत मासासी ओगावाले उद्योगमन्त्री नविन्द्रराज जोशीसँग भेटेर जापान सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

राजदूत ओगावाले जापान र नेपालबीच ६० वर्षदेखिे कुटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपालमा औद्योगिक विकास गर्न जापान सरकार तयार रहेको बताए । उनले जापानले पनि विषम परिस्थितिको सामना गर्दै संघर्ष गरेर विकास हासिल गरेको भन्दै नेपालले पनि विस्तारै विकासको गति लिने विश्वास व्यक्त गर्छ ।

सोक्रममा उदोगमन्त्री जोशीले नेपाल र जापानबीचको सम्बन्ध विशिष्ट र मित्रवत रहेको भन्दै नेपालको विकासमा जापानी सहयोगको प्रसंशा गरे ।

‘जापानले नेपालको विकासमा गरेको योगदान महत्वपूर्ण छ । अबका दिनमा पनि जापान सरकारको सहयोग अपेक्षित छ’, मन्त्री जोशीले भने ।

उनले उद्योग मन्त्रालयको मुख्य उद्देश्य औद्योगिक विकासमार्फत आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउँदै त्यसका लगानी र प्रविधिमा विशेष सहयोग गर्न जापान सरकारलाई आग्रह गरेका थिए ।

मन्त्री जोशी नेपाली जनतालाई विकासको अनूभूति गराउनु सरकारको मुख्य उद्देश्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment