Comments Add Comment

ऐन संशोधन गर्न बेपत्ता छानविन आयोगको आग्रह

Prachand,-Bepatta-chhanbin

१६ भदौ, काठमाडौं । बेपत्ता नागरिक छानविन आयोगले आफ्नो ऐन संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेको छ ।

आयोगका पदाधिकारीले बिहीबार विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर आयोगको ऐन संशोधन नहुँदा काममा असर परेको बताएका छन् । आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आवश्यक जनशक्तिको अभावमा उजुरीको छानविन प्रभावित भएको बताए ।

आयोगलाई आफ्नो जिम्मेवारी पूरा गर्नका लागि आयोगको ऐन संशोधन हुनुपर्ने, नयाँ केही कानून बनाइनुपर्ने तथा विज्ञहरु राख्नका लागि आवश्यक मात्रामा बजेट उपलब्ध गराइनुपर्ने अध्यक्ष लोकेन्द्र मल्लिकले बताए ।

आयोगले ऐन संशोधन र आवश्यक जनशक्तिको व्यवस्थाका लागि अघिल्लो सरकारका पादादेखि नै माग गर्दै आएको थियो । आयोगको दुई वर्षे म्याद आगामी पुस २६ गते सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment