
१८ भदौ, पर्वत । पर्बतको बराचौरमा ट्याक्टर पल्टिदा ९ जना घाइते भएका छन् ।
बराचौर गाविस ३ स्थिते खबरको भिर नजिकै भलाये डाँडामा ध १ त ३१२ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त भएको हो ।
ट्याक्टर सडकबाट ३ सय मिटर तल कालिगण्डकिमा खस्दा ट्याक्टरमा सवार ९ जना घाइते भएको र ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रोल्पा जिल्ला सिर्प ३ बस्ने वर्ष ४० का रिकमान पुन, सोहि ठाउँका १९ वर्षिय याम बहादुर पुन र सोहि ठाउँकै १८ वर्षीय श्याम पुनको अबस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।
घाइते मध्ये ३ जनालाई उपचारको लागी पोखरा र अन्यलाई हुवास लगिएको जिल्ला प्र्रहरी कार्यलय पर्बतले जनाएको छ ।
पर्बत सदरमुकाम कुश्मा देखि खानेपानीको पाईप र सिमेन्ट बोकेर वहाकिठाँटी तर्फ हिड्ेको ट्याक्टर अनियन्त्रीत भई कालीगण्डकी नदीमा खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4