३ असार, डोल्पा । डोल्पामा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा त्रिपुराकोट नगरपालिका-२ रुमका २७ वर्षीय निखिल थापा रहेका छन् ।
खदाङबाट तारजाली बोकेर त्रिपुराकोटतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२-०५६६ त ००१ नम्बरको ट्याक्टरबाट खसेर उनी घाइते भएका हुन् ।
प्रहरीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका-९ धाउन्नेस्थित भेरीकरिडोर सडकखण्डमा बुधबार राति १ बजे ट्याक्टरबाट खसेर घाइते भएका थापालाई उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।
थापा निदाएका कारण सन्तुलन गुमाएर एक्कासि ट्याक्टरबाट खसेको हुन सक्ने प्रहरीको भनाइ छ ।
ट्याक्टर चालक त्रिपुरासुन्दरी नगरपालिका-२ रुमका २९ वर्षीय नरेन्द्र थापालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4