३ चैत, गुल्मी । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङमा ट्याक्टरको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।
अग्लुङ फेदी खोलाबाट बालुवा बोकेर गएको रा १ त ३८६३ नम्बरको ट्याक्टरले स्थानीय सालिकराम चन्द (अन्दाजी ३५/३६ वर्ष) लाई ठक्कर दिएको हो । ठक्करबाट चन्दको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ । ट्याक्टर चालक भगवत बोहरा भने घटनापछि बेपत्ता रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4