+
+
Shares

अमेरिकी उपराष्ट्रपतिले भने– भनेको माने इरालाई धेरै फाइदा हुनेछ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते ८:५१

३ असार, काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आफ्ना सबै दायित्वहरू इमान्दारीपूर्वक पूरा गरे अमेरिका इरानलाई पुनः विश्व अर्थतन्त्रमा फर्काउने बाटो खोल्न तयार रहेको बताएका छन् ।

प्रारम्भिक समझदारीका प्रावधानबारे बोल्दै उनले इरानलाई पुनः विश्व अर्थतन्त्रमा फर्काउने बाटो खोल्न तयार रहेको बताएका हुन् ।

‘फक्स न्युज’ को एक कार्यक्रममा उपराष्ट्रपति भान्सले इरानका साथ ट्रम्प प्रशासनको सम्झौताको तुलना पूर्वराष्ट्रपति बराक ओबामाको शासनमा भएको सम्झौतासँग चुलना गरे ।

ओबामाको शासनकालमा इरानसँग भएको सम्झौता नराम्रोसँग असफल भएको र अहिलेको सम्झौता त्योभन्दा बिल्कुलै विपरित रहेको उनको भनाइ छ ।

‘ओबामाको पालाको सम्झौता र अहिलेको सम्झौताबीचको मुख्य फरक भनेको यसअन्तर्गत इरानले परमाणु हतियार बनाउन सक्दैन,’ अमेरिकी उपराष्ट्रपति भन्सले भने, ‘युरेनियम संवद्र्धन गर्न सक्दैन र त्यसको भण्डारणसमेत गर्न सक्दैन ।’

सम्झौताअनुसार इरानले परमाणु हतियार बनाउन नपाउने, होर्मुज स्ट्रेट खुला रहने र इरानले जिम्मेवारीपूर्ण व्यवहार गरे विभिन्न प्रकारका लाभ प्राप्त गर्न सक्ने उनले बताए ।
‘यदि उसले सम्झौताका सर्तहरू पालना गरेन भने कुनै लाभ पाउने छैन,’ भान्सले भने । भान्सले शुक्रबार स्वीट्जरल्यान्डमा इरानसँग युद्ध अन्त्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?