Comments Add Comment

चितवन राष्ट्रिय निकुञ्जले नदी किनारका होटलको अनुगमन गर्ने

Chitwan National Park

२० भदौ, चितवन। वन्यजन्तु संरक्षणमा चुनौति थपिएपछि चितवन राष्ट्रिय निकुञ्जले नदी तटीय क्षेत्रका होटलहरुको अनुगमन गर्ने भएको छ ।

मेघौली सराइ होटलले छाडेको बिजुलीको तारमा करेन्ट लागेर गत साउन २४ गते एउटा गैंडा मरेपछि निकुञ्जले होटलहरुको अवस्थाबारे अनुगमन गर्ने भएको हो ।

सोमबार निकुञ्जमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले यसैसाता अनुगमन गर्ने जानकारी दिए । उनले भने, ‘हामीले शून्य चोरी शिकारी वर्षसमेत मनाऔं । तर पछिल्लो समयमा गैंडाहरु विविध कारणले मरेका छन् । त्यस्ता घटनालाई रोक्न अनुगमन गर्न लागेका हौं ।’

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने नदी तटीय क्षेत्रमामात्रै २० वटाभन्दा बढी होटलहरु रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा आपसमा जुधेर, विरामी भएर, कालगती लगायतका बिभिन्न कारणले १४ वटा गैंडा मरेका थिए । हाल ६०५ वटा गैंडाहरु रहेको निकुञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment