Comments Add Comment

घाइते एकसिङ्गे गैँडा मर्‍यो

ghaite-gaida-rhino२१ भदौ, चितवन । तस्करले हानेको छवटा गोली लागेर गम्भीर घाइते भएको दुर्लभ एकसिङ्गे गैँडा उपचार को क्रममा मरेको छ ।

शरीरमा लागेको गोलीको छर्रा झिकिएको गैँडा आज दिउँसो मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । गैँडाको शरीरबाट गोली भने निकाल्न सकिएको थिएन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरे नेतृत्वको प्राविधिक टोलीले गैँडाको उपचार गरको थियो ।

यही भदौ ४ गते रौतहटको गैँडाटारमा तस्करले हानेको गोली लागेर १५ वर्षको उक्त भाले गैँडा गम्भीर घाइते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment