Comments Add Comment

बाढीमा फसेको बसका यात्रुको यसरी गरियो उद्धार, हेर्नुस् ५ तस्वीर

Rautahat Badhi (3)

२७ भदौ, रौतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर-बागमती सडकखण्डको पौराइ जंगलमा रहेको लच्कामा बाढी आएर फसेको बसका यात्रुहरुलाई सकुशल उद्धार गरिएको छ ।

लच्कामा फसेको बसका यात्रुहरुलाई निकाल्न सुरक्षाकर्मी परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक बिरेन्द्र पासवानको टोलीले बसका ३० जनाभन्दा बढी यात्रुहरुलाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

Rautahat Badhi (5)

पानीमा बसको आधा भाग डुबेको थियो । बसभित्रका यात्रुहरुले चिच्याउँदै र हातले इसारा गर्दै उद्धारका लागि आग्रह गरिरहेका थिए । बाढीमा बस फस्दा यात्रुहरू जोखिममा परेका थिए ।

बाढीले राजमार्ग बन्द हुँदा पाँच सयभन्दा बढी गाडीहरु बीचबाटोमै रोकिँदा यात्रुहरु मर्कामा परेका थिए । भोकभोकै बस्न बाध्य भएका यात्रुहरु जंगल क्षेत्रमा सञ्चार सम्पर्क समेत नहुँदा थप समस्यामा परेका थिए ।

Rautahat Badhi (2)

Rautahat Badhi (4)

Rautahat Badhi (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment