Comments Add Comment

रुसको संसदीय चुनावमा पुटिनको पार्टीलाई बहुमत

३ असोज, काठमाडौं । रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको पार्टी युनाइटेड रसियाले बहुमत हासिल गरेको छ । कुल खसेको मतको ९० प्रतिशत गणना सकिँदा पुटिनको पक्षमा ५४.२१ प्रतिशत मत प्राप्त भएको छ ।

Vladimir-Putinनिर्वाचनमा कम्युनिष्ट पार्टीले १३.५४ प्रतिशत, लिबरल डेमोक्रेटिक पार्टीले १३.२८ प्रतिशत र फेयर रसिया पार्टीले ६.१९ प्रतिशत मत पाएको सीएनएनले जनाएको छ ।

सन् २०११ मा भएको निर्वाचनमा युनाइटेड रसियाले ४९ प्रतिशत मत पाएको थियो । सोभन्दा बढी मत अहिलेको निर्वाचनमा आएको छ ।

यस निर्वाचन अघि गरिएको मत सर्वेक्षणले पनि पुटिन नै विजयी हुने देखाएको थियो ।

रुसको राष्ट्रपति वा प्रधानमन्त्रीको रुपमा पुटिन १७ वर्षदेखि शक्तिमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment