Comments Add Comment

चाडबाडमा मापसे जाँच कडाइ गरिने

४ असोज, काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ ।

Traficचाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले चाडबाडमा धेरै मापसे सेवन गर्ने र लापर्बाहीपूर्वक सवारीसाधन चलाउनाका कारण ठुल्ठुला दुुर्घटना हुन सक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

महाशाखाले सवारीसाधनले बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने नाकामा विशेष जाँचको व्यवस्था मिलाइएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा सवारीसाधनमा धेरै भिडभाड नहोस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष राख्न लागिएको बस्नेतले जानकारी दिए । उनले भने “नागरिक सहायता कक्षमा कहाँदेखि कहाँसम्म कति भाडादर भन्नेबारेमा सूची टाँस गरिनाका साथै ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधि रहनुहुन्छ ।”

उनले सवारी चालकले सवारी नियम उलङ्घन गरी सवारी चलाएमा तत्काल ट्राफिक प्रहरी वा नागरिक सहायता कक्षका अधिकृतलाई सम्पर्क गर्न आग्रह गरे ।

उपत्यकाका नयाँ र पुरानो बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला, बल्खु, एयरपोर्ट, सुन्धारा, नागढुङ्गा, जोरपाटी, माछापोखरी, सातदोबाटोलगायत मुख्य स्थानमा सहायता कक्ष राखिनेछन् । महाशाखाले निषेधित गरिएका सवारी गतिविधिलाई नियन्त्रणमा लिने र कानुनी कारबाही प्रक्रियालाई तीव्र बनाउने जनाएको छ ।

यसैगरी जनताको जनचेतनाका निम्ति एफएम रेडियो र मोबाइल एप्सको प्रयोगलाई तीव्रता दिनाका साथै ठाउँ ठाउँमा खटिने ट्राफिक प्रहरी जनशक्तिले यात्रु वर्गलाई आइपर्ने समस्याका बारेमा पूर्वसूचना दिने व्यवस्था मिलाइएको छ ।

यस्तै यात्रु ठगिन गएमा वा मारमा परेमा तत्काल सूचना हासिल गर्ने र त्यस ठाउँमा खटिएको ट्राफिक प्रहरीले समस्याको समाधानमा सहयोग पु¥याउने महाशाखाले जनाएको छ । महाशाखाले सवारी साधनद्वारा हुने कुनै पनि नराम्रा गतिविधिलाई हुन नदिन र भएमा नियन्त्रण गर्नका निम्ति सम्बन्धित सबै निकायसँग समन्वय गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment