Comments Add Comment

प्रस्तावित राजदूत उपाध्यायविरुद्ध तीन उजुरी, १२ गते सुनुवाई हुने

५ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन उजुरी परेको छ ।

Deep-kumarसुनुवाई समितिको बुधबार बसेको बैठकले उजुरीहरु अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिएको छ । उजुरीकर्ता मध्ये एक आगामी १२ गते समितिमा उपस्थित हुन समेत तयार भएका छन् ।

उपाध्याय भारतका लागि पूर्वराजदूत समेत हुन् । सरकार ढाल्न सक्रिय भएको लगायतका आरोप लगाएर केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले उनलाई फिर्ता बोलाएको थियो ।

तर, कांग्रेसको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको नयाँ सरकारले पूर्वमन्त्री समेत रहेका उपाध्यायलाई फेरि भारतकै लागि राजदूतमा सिफारिस गरेको छ । जसको एमालेले विरोध गर्दै आएको छ ।

समितिमा चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौडेलविरुद्ध भने लिखित उजुरी परेको छैन । पौडेल पूर्वमुख्य सचिव हुन् ।

सुनुवाई समितिका एक सदस्यका अनुसार दुबै प्रस्तावित राजदूतसँग १२ गते सुनुवाइ गर्ने तयारी भइरहेको छ ।

सिटौलाविरुद्ध उजुुरी आहृवान

संसदीय सुनुवाई विशेष समितिले न्यायपरिषद सदस्यका लागि प्रस्तावित रामप्रसाद सिटौलाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । उजुरीका लागि १० दिनको समय दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment