Comments Add Comment

म्यान्चेस्टर युनाइटेड र सिटी फेरि भिड्ने

Manchester-Derby

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चीर प्रतिद्धन्दी म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटी प्रिमियर लिगका अलावा इएफएल कपको चौथो चरणमा पनि आमने सामने हुने भएका छन् ।

करीव डेढ महिनाको अन्तरमा म्यान्चेस्टर डर्बी दोहोरिन लागेको हो । गएराति सार्वजनिक गरिएको ड्र मा म्यान्चेस्टरका दुई क्लवबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

यस सिजनमा दोस्रो पटक हुन लागेको म्यान्चेस्टर डर्बी आगामी २४ अक्टोवरमा हुनेछ । गत १० सेप्टेम्बरमा भएको डर्बीमा सिटी विजयी भएको थियो ।

बुधबार राति सार्वजनिक गरिएको ड्रमा प्रिमियर लिग क्लवहरु वेष्टहृयामले चेल्सीको सामना गर्दा लिभरपुल र टोटनहृयामबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि क्यापिटल वान कपको नामबाट हुने प्रतियोगिताको अघिल्लो संस्करण लिभरपुललाई हराउँदै म्यान्चेस्टर सिटीले जितेको थियो । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको अहिलेको म्यान्चेस्टर सिटी नयाँ सिजनमा अविजित छ ।

दिमित्री पायेटले इन्ज्यूरी समयमा नाटकीय फ्रीकिक गोल गरेपछि एरिङटोनलाई पराजित गर्दै वेष्टहृयाम प्रतियोगिताको चौथो चरणमा पुगेको थियो । चेल्सी भने लिसेस्टरलाई ४-२ गोलले हराउँदै चौथो चरणमा पुगेको हो ।

चौथो चरणको ड्र मा प्रिमियर लिग बाहिरको न्युकाशल र प्रिस्टोन तथा नोरिच र लीड्सबीच प्रतिस्पर्धा हुने्छ । त्यस्तै हल सिटीले बि्रस्टोल सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

साउथहृयाम्पटन र सण्डरल्याण्डबीच चौथो चरणमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै आर्सनलले च्याम्पियनसीप क्लव रिडिङसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment