+
+

दसैं विदा हुनासाथ मजदुरी गर्न भारत जान्छन् विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ८ गते ६:३३

८ असोज, काठमाडौं । दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभाइ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन् तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने यही बेला भारत पस्छन् मजदुरी गर्न ।

fake-studentदसैं तिहारमा हुने लामो विदालाई उनीहरूले केही रकम कमाउने अवसरका रूपमा लिन्छन् र एक महिना भारतको उत्तराञ्चलमा मजदुरी गरेर लुगाफाटो र मरमसला जोडेर र्फकने गरेका आजको अन्नपूर्णमा समाचार छ ।

अर्धवाषिर्क परीक्षापछि असोज १३ गते दसैं विदा भएर विद्यालय एकैपटक कात्तिक १७ गते खुल्ने जानकारी पाएपछि देवेश्वरी उच्च मावि, देउखेलमा पढ्ने सात विद्यार्थी भारत हिँडे ।

बझाङबाट रात्री बस चढेका उनीहरू श्रीभारको डोले होटलमा बुधबार नास्ता खाँदै थिए ।

त्यसबेला एउटा टोली गइसकेको र आफूहरू दोस्रो टोली भएको कक्षा नौ मा पढ्ने ललित महराले जानकारी दिए ।

ललितले गतवर्ष पनि दसैं तिहार विदामा भारत गएर ६ हजार रूपैयाँ कमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?