१० असोज, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले अर्को महिना राष्ट्रिय भेला बोलाएको छ । माओवादी हेडक्वाटरको सोमबार बिहान बसेको बैठकले कात्तिक १० र ११ गते राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो ।
भेलाले पार्टीको नयाँ राजनीतिक कार्यदिशा तय गर्नेछ । पुसमा गर्ने भनिएको पार्टी महाधिवेशन नयाँ सरकार गठनसँगै स्थगित भएपछि भेला आयोजना गर्न लागिएको हो ।
भेलामा अध्यक्ष प्रचण्डले पार्टीको नयाँ कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।
हालको जम्बो महाधिवेशन आयोजक समितिलाई नै कायम राख्ने कि नयाँ संरचना बनाउने भन्ने विषयमा पनि भेलाले निर्णय लिने छ । हालको झण्डै २५ सय जनाको महाधिवेशन आयोजक समितिलाई घटाउन माओवादी केन्द्रभित्र दबाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4