Comments Add Comment

धम्कीपछि पाकिस्तानी कलाकार फवादले छाडे भारत

fawad khan
उरी आक्रामणपछि एमएनएस पार्टीले पाकिस्तानी कलाकारलाई भारत छाड्न चेतावनी दिएको थियो । पाकिस्तानी कलाकारले भारत नछाडेको खण्डमा जुनसुकै कारवाही गर्ने चेतावनी एमएनएसले दिएको थियो । यसले भारतमा रहेर बलिउडमा काम गर्दै आएका कलाकारलाई समस्या उत्पन्न भएको थियो । यतिमात्र होइन, ती कलाकारले अभिनय गरेका चलचित्र समेत अहिले अप्ठ्यारोमा छन् ।

यसैविच, बलिउडमा करिअर चम्काउँदै गरेका नायक फवाद खानले भारत छाडेको खबर सार्वजनिक भएको छ । फवादले धम्की लगतै भारत छाडेका छन् र उनी तत्काल भारत र्फकने कुनै योजनामा छैनन् ।

चलचित्र ‘ए दिल हे मुश्किल’का निर्देशक करण जोहरले नायक फवादलाई चलचित्रको प्रमोशनमा नहिडाउने योजना बनाइसकेका छन् । करणको ‘कफी विथ करण’ शोको पहिलो अतिथीको रुपमा उपस्थित हुन लागेका फवादलाई नायक साहरुख खान र नायिका आलिया भट्टले रिप्लेस गरेका छन् ।

गर्भवती श्रीमतीका कारण फवादले भारत छाडेको केही मिडियाले दाबी गरेका छन् । तर, भारत र पाकिस्तानविच अहिले लफडा चलिरहेको समयमा फवादले तत्काल नर्फकने योजना बनाउँदै भारत छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment