Comments Add Comment

जेष्ठ नागरिकहरुको ज्ञान, सीपलाई राष्ट्रिय विकासमा परिचालन गर्नुपर्छः प्रधानमन्त्री

prachanda१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश जारी गर्दै जेष्ठ नागरिकको सम्मानद्वारा राष्ट्रमा असल परम्परा स्थापित गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा’जेष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि राज्यले हाल प्रदान गरेको सुविधा तथा सहुलियत पर्याप्त नभएपनि एउटा असल परम्पराको थालनी भएको जनाइएको छ ।

आगामी दिनमा यसलाई सम्मानजनक जीवन जिउन सक्ने गरी क्रमशः बिस्तार गर्दै जाने कुरामा सरकारले विशेष ध्यान दिने प्रधानमन्त्रीको भनाइ छ ।

सन्देशमा प्रधानमन्त्रीले ‘जेष्ठ नागरिकहरुले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्नुपर्ने नीति आवश्यक रहेको’ उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्राष्ट्रि जेष्ठ नागरिक दिवसको रुपमा मनाउन प्रस्ताव गरेको थियो । सोही अनुरुप विश्वभर आज जेष्ठ नागरिक दिवस मनाउने गरिएको छ ।

नेपालमा २५ लाख भन्दा बढी जेष्ठ नागरिकहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment