Comments Add Comment

चट्याङ लागेर पाँचथरमा बालकको मृत्यु

१७ असोज, पाँचथर । जिल्लाको मेमेङमा सोमबार दिउँसो चट्याङ पर्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेमेङ ८ बस्ने गजेन्द्र माङबो (लिम्बु) का करीव ५ वर्षीय छोरा अमित माङबो (लिम्बु) रहेका छन् ।

आफ्नै घरमा खेल्दै गरेको अवस्थामा दिउँसो २ बजेतिर चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । बालको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल पठाइएको उक्त जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment