Comments Add Comment

बारा–पर्साको हावाहुरीपीडितका लागि रक्तदान

१९ चैत, काठमाडौं । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्दै काठमाडांैको नयाँबानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

मंगलबार नेपाल रेडक्रस सोसाइटीको समन्वयमा महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वरले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बानेश्वर चोकमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक बावुराम आचार्यले जानकारी दिए ।

आईतबार हावाहुरीका कारण निधन भएका २८ जनाको सनाखत भइसेकेको छ । हावाहुरीका कारण ६ सय बढी घाइते भएका छन् । घाईतेमध्ये ९ जनालाई काठमाडौंका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईतेहरु तराईका बिभिन्न अस्पतालमा उपचार भइएरहेको छ ।

कार्यकमका आयोजक महानगरीय प्रहरी नयााबानेश्वर प्रमुख डीएसपी गोबिन्दराज काफ्लेले मानवीय कार्यमा सहयोग गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर रक्तदान कार्यक्रम गरिएको बताएका छन् । संकलित रगत रेडक्रसको माध्यमबाट घाइतेसम्म पुर्याइने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment