+
+

आन्तरिक राजस्व कार्यालय बानेश्वरमा रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते १८:२५

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय कर दिवस, २०८१ को पूर्वसन्ध्यामा आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले बुधबार रक्तदान कार्यक्रम गरेको छ ।

कार्यालयको प्राङ्गणमा गरिएको रक्तदानमा ७७ जनाले रक्तदान गरेका प्रमुख कर अधिकृत गोविन्द आचार्यले जानकारी दिए ।

त्यस अवसरमा अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, उपत्यकाका अरु  आन्तरिक राजस्व कार्यालयहरु,  काठमाडौं महानगरपालिकाका वडा नं १० र ३१ कार्यालय, अन्य सरकारी कार्यालयका कर्मचारी र सर्वसाधारणले  रक्तदान गरेका थिए ।

उपत्यकामा डेंगु संक्रमणका कारण रगतको माग बढेका बेला रक्तदान कार्यक्रम आयोजना गरेको प्रमुख कर अधिकृत आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?