+
+
Shares

शहीदको सम्मानमा ३४ जनाले दिए आँखादानको सहमति

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १७ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शहीद दिवसको अवसरमा ३४ जनाले मृत्युपश्चात आँखादान गर्ने सहमति दिएका छन्।
  • लायन्स क्लब अफ काठमाडौं माछापोखरी, भिजन सर्कल र पर्वत कुश्माको संयुक्त आयोजनामा १३५ जनाले रक्तदान गरेका छन्।
  • परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो।

१७ माघ, काठमाडौं । शहीदको सम्मान र सम्झनामा ३४ जनाले मृत्युपश्चात आँखादान गर्ने सहमति दिएका छन् । शहीद दिवसको अवसरमा शुक्रबार विभिन्न संघसंस्थाहरूले आँखादान र रक्तदान गर्दै शहीदहरुप्रति सम्झना र सम्मान व्यक्त गरेका हुन् ।

लायन्स क्लब अफ काठमाडौं माछापोखरी, लायन्स क्लब अफ काठमाडौं भिजन सर्कल र पर्वत कुश्मा समाज गरी तीनवटा संस्थाको संयुक्त आयोजनामा तिलगंगा आँखा अस्पतालमा १३५ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ ।

त्यसैगरी, ३४ जनाले आफ्नो मृत्युपश्चात आँखा अस्पताललाई दान दिनेगरी तिलगंगा प्रतिष्ठानलाई सहमति दिएका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सहभागीले मुलुकको परिवर्तन र मुक्तिका लागि शहीदहरूको बलिदानीको सम्मान तथा सम्झनास्वरुप गरिएको आँखादान र रक्तदानले नागरिक सेवामा सबैलाई समर्पित बन्न प्रेरणा दिएको बताए ।

जीवित छँदा नै मृत्युपछि आँखादान दिने स्वघोषणाले समाजमा अन्धकारमा बाँचिरहेका दृष्टिविहीनहरूले उज्यालो संसार पाउने तिलगंगा आँखा प्रतिष्ठानका मेन्टिनेन्स विज्ञ परशुराम बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?