Comments Add Comment

सदिक्षालाई ‘मिस पोखरा’को ताज, ५० हजार नगद र स्कुटर पुरस्कार

miss pokhara  (4)

‘मिस पोखरा’को ताज सदिक्षा पाण्डेले पहिरिन सफल भएकी छिन् । पोखरा सभागृहमा खचाखच भरिएका दर्शकमाँझ शनिबार साँझ सम्पन्न मिस पोखराको आठौं संकरणमा १० जना प्रतियोगीहरुलाई पछि पार्दै २१ बर्षकी सदिक्षाले उपाधी चुमेकी हुन् ।

प्रतियोगितामा प्रश्मी थापा फस्ट रनरअप हुन सफल भइन् भने सेकेन्ड रनरअपको उपाधी उन्नती गुरुङले जितिन् । प्रतियोगिताको मुल्यांकनकर्तामा पोखरा उप-महानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेल, नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, बिग एफएमका अध्यक्ष एवं किंग्स इन्सिच्यूटका निर्देशक महेश भण्डारी, गायिका रेखा शाह, महिला उद्यमी तथा सञ्चारकर्मी रीता जोशी पालिखे, पूर्व अध्यक्ष निरञ्जन श्रेष्ठ, पूर्व अध्यक्ष विष्णुबहादुर थापा थिए । कोरियोग्राफी जयनसुब्बा मानन्धरले गरेकी थिईन् ।miss pokhara  (1) miss pokhara  (2) miss pokhara  (3)

पोखरा जेसिजको आयोजना तथा ईभेन्ट्स फर यु प्रालिको व्यवस्थापनमा भएको ‘मिस पोखरा-२०१६’ प्रतियोगिताको उपाधी बिजेताले नगद ५० हजारसहित डियो स्कुटर प्राप्त गरेकी छिन् भने द हिडन टे्रजरको आयोजनामा हुने ‘मिस नेपाल’मा सिधै प्रतिष्पर्धा गर्न पाउनेछिन् । प्रतियोगिताको फस्र्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजारसहित एक/एक वटा जियोनी मोवाइल प्राप्त गरे ।miss pokhara  (6) miss pokhara  (8) miss pokhara  (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment